मुक्तिकोटमा चरम खाद्यान्न सङ्कट

रासस

आइतबार, १३ असार २०७८, १५ : ५९
मुक्तिकोटमा चरम खाद्यान्न सङ्कट

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको जनाइएको छ ।

स्थानीयवासी बलबहादुर वि।कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए । उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् ।  उनले भने, “ लकडाउनले  दैनिक ज्यालामजदुरी  गर्न जान सकिएको छैन ।  गाँउमा रोजगारी पनि  छैन । घरमा खाद्यन्न भएको खाद्यन्न पनि  सकियो  ।” 

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर वि।कले जानकारी दिए । ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना कहरका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यन्न समस्या आएको बताइएको छ । स्थानीय उत्पादनले एकमहिना पछि छाक नटर्ने मुश्किल पर्ने  स्थानीयवासी औजनी विकले बताए । अधिकांश परिवार १२ महिना बजारका खाद्यन्नमा निर्भर हुनुपर्न बाध्यता रहेको उनले जानकारी दिए ।

मुुक्तिकोट गाँउमा चरम खाद्य सङ्कट र बालबालिका कुुपोषणका चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिका सुचना अधिकारी कुुबेर शाहीले बताए  । उनले यसबाट बालवालिका, गर्भवती र ज्येष्ठ नागरिक कुुपोषणको शिकार बनेको जानकारी दिए । 

बालबालिकाको कुुपोषणबाट  मृत्यु हुुने गरेको बताइएको छ । गाँउमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ ।  गाँउपालिकाले भने गाँउमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ । गरिब घर परिवार पहिचान बोर्डले विसं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाँउपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुुनि रहेको उल्लेख छ । प्रतिवेदनमा गााउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस