काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी , प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १३ : २९
काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी , प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे निर्णय लिइने बताए ।

प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो । श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस