काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली फेरि संकटमा पर्न थालेपछि उनको समुहका नेताहरु पार्टीकै बरिष्ठ नेता माधव नेपाल फकाउने अन्तिम कसरथमा छन् ।
नेपाल पक्षका वीचधारका नेताहरुलाई बार्ताको नाममा अल्मलाउन सफल भईरहेको ओली पक्षका नेताहरुले कार्यदलका नाममा नेकपा कालिन विद्यान अनुसार दुई अध्यक्षात्मक प्रणालीमा पार्टीलाई महाधिवेशनसम्म लैजाने र आवश्यक परे ओलीको प्रधानमन्त्रीको विकल्पमा दोस्रो पुस्ताबाट प्रधानमन्त्री खोज्ने सम्मका वहस अन्तरकुन्तरमा गरेपनि त्यसले पनि पार पाउने देखिएको छैन ।
वरिष्ठ नेता माधव नेपाल ९जसलाई ओली पक्षले साधारण सदस्य समेतबाट हटाएको छ० लाई अहिले कसरी फकाउने र अदालतमा रहेको मुद्दा कमजोर बनाउने नभए, संसद पूर्नस्थापना भयो भने के गर्ने भन्ने भयबाट अहिले ओली पक्ष बढी तरंगित हुन थालेको छ । त्यही क्रममा ओलीकै गण्डकी प्रदेशका पिल्लर पृथ्वीसुब्बा गुरुङले पार्टी एकता जोगाउन सकिन्छ भने माधव नेपाललाई दोस्रो अध्यक्ष र प्रधानमन्त्री बनाउन समेत पछि पर्न नहुने धारणा सार्वजनिक गरेका थिए ।
पार्टीको ९शेरबहादुर देउवा० प्रधानमन्त्री बन्ने स्थिति बन्छ भने बनोस् भन्ने होइन कि माधव नेपाललाई प्रधानमन्त्री दिंदा के बिग्रन्छ र ? त्यहाँसम्म पुग्नुपर्छ । त्यसका लागि प्रधानमन्त्री एवंम् अध्यक्ष ओली पनि तयार हुनुपर्छ, हिजो दुई अध्यक्ष हुनुहुन्थ्यो । आज दुई अध्यक्ष हुँदैन भन्ने छ र १ माधव नेपाललाई अर्को अध्यक्ष बनाएर जान पनि सकिन्छ ।’ गुरुङले भनेका थिए ।
तर त्यसको जवाफ पनि माधव नेपालले दिएका छन् । विपक्षी गठवन्धनले शनिवार राजधानीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता नेपालले आफु धोका दिने प्रवृतिको मान्छे नभएको भन्दै प्रधानमन्त्रीको प्रस्ताव त्याग गरिसकेको जानकारी दिए ।
‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् । यस्तै प्रस्ताव आईसकेको थियो,’ नेता नेपालले अन्र्तक्रियामा भने, (‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
उनलाई अन्र्तक्रियामा आउँदै गर्दा नेपाल पक्षका नेताहरुले समेत धेरै नबोल्न सुझाएका थिए रे । नेता नेपालले अन्र्तक्रियामै भने, मलाई धेरै नबोल्न मेरै नेताहरुले भन्नुभएको थियो । तितो नबोल्नु भन्नुभएको थियो, तर के गर्ने ओलीको ब्यवहार नै त्यस्तै छ । बोलिहाल्नुपर्ने ।’
उनलाई कार्यक्रममा उपस्थित भईरहदा , वोलिरहदा धेरैले निरास अनुहारमा रहेको, अप्ठायारोमा परेको जस्ता शब्द चयन गरेर समाचार आईरहन्छन् । यसमा पनि नेता नेपालले आफनो अप्ठायारो सुनाए ।
राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको र त्यसैमा आफु पनि उभएिको अनुभव सुनाएका नेता नेपालले आफुमा कन्फिडेन्स बढेको बताए ।
हो म मा कन्फिडेन्स बढेको छ, नेता नेपालले भने,(‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन, नेकपामा हुँदा पनि प्रचण्ड र हामीबीच फुट ल्याउन अनेक चाल खेल्नुभएको हो । उहाँको यस्तो खुवी भएको मान्छे हो । त्यस्तो भ्रममा म पर्ने वाला छैन । म मा कन्फिडेन्स बढेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव