माधव पक्षलाई खबर नगरी ओलीले बोलाए स्थायी समिति बैठक

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, ०८ : ४५
माधव पक्षलाई खबर नगरी ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई खबर नगरी आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् ।

बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ । 

नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । 

माधव नेपा अब प्रधानमन्त्री नै पाए पनि अब ओली गुटमा नफर्कने बताएका छन् । उनले माधव नेपाल धोका दिने मान्छे होइन भन्दै देउवालाई प्रधानमन्त्री बनाउन अघि सर्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस