एजेन्सी । अमेरिकाको चर्चित घटना जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय भएको छ । न्यायाधीशले शुक्रबार चोभनको सजाय सुनाएका हुन् ।
गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो । पक्राउको क्रममा ४५ वर्षे श्वेत प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।
१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले दुई महिना पहिले आफ्नो निर्णय तयार पारेको थियो । जुरीले पूर्व प्रहरी अधिकारी चोभनलाई सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको थियो ।
दोषी ठहर भएका चोभनको सजाय न्यायाधीशले शुक्रबार सुनाएका हुन् । चोभनलाई हिंसात्मक अपराधिका रुपमा दर्ता गर्न र जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ असार २०७८, ०८ : ४१
लेखकबाट थप