महाबुको प्राथमिकतामा शिक्षा, कृषि, सडक र खानेपानी

रासस

शुक्रबार, ११ असार २०७८, १८ : ३५
महाबुको प्राथमिकतामा शिक्षा, कृषि, सडक र खानेपानी

दैलेख । भौगोलिकरुपमा विकट  महाबु गाउँपालिकाले विकास र समृद्धिको नारा बोकेर आगामी आर्थिक वर्षका लागि रु ३९ करोड ४८ लाख १५ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

नवौंँ गाउँसभामा पेश गरिएको बजेटमा शिक्षा, कृषि, सडक, र खानेपानीलाई प्राथमिकतामा राखिएको छ । सोमध्ये पूँजीगततर्फ रु १० करोड नौ लाख र चालुतर्फ रु सात करोड २४ लाख बराबर बजेट विनियोजन गरिएको छ ।
 

उपाध्यक्ष प्रेमकुमारी बुढाले प्रस्तुत गरेको बजेट मन्तव्यमा पालिकाका सबै सडक स्तरोन्नति गरिने उल्लेख छ । शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माणलगायत भौतिक संरचना बनाइने भनिएको छ ।  खानेपानीका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण अभियानलाई निरन्तरता दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस