प्रतिनिधिसभा विघटन

संंवैधानिक इजलासमा शुक्रबारको बहस सकियो

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १४ : ०४
संंवैधानिक इजलासमा शुक्रबारको बहस सकियो

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका हुन् ।

शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् । रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।

प्रतिक्रिया दिनुहोस