राष्ट्रपति र प्रधानमन्त्री दुबैको काम बदनियतपूर्ण भयो : वरिष्ठ अधिवक्ता अर्याल

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १३ : ०५
राष्ट्रपति र प्रधानमन्त्री दुबैको काम बदनियतपूर्ण भयो : वरिष्ठ अधिवक्ता अर्याल

काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइविनै शपथ खुवाउनुलाई बदनियतको हद भनेका छन् । उनले संविधान कहाँ गयो भनेर प्रश्नसमेत गरेका छन् ।

सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अर्यालले सबै कोणबाट बदनियत राखेर प्रधानमन्त्रीले शासन गरिरहेको बताए ।

उनले भने, ‘बदनियतको पनि हद हुन्छ नि । मन्त्रिपरिषद बिस्तारमा पनि मनपरि । सर्वोच्चले रोकेपछि अहिले आएर ५ जनाले कसरी चलाउनु रे । अझ संविधानको पालना गर्दै अगाडि बढेको रे । संविधान मान्न प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय सभाको अधिवेशन बोलाएको रे ।’

उनले कामचलाउ भए पनि बहुमत पाएर नयाँ सरकार चलाउन सुरु गरेजस्तो गरेको बताए ।संविधानको धारा ७६(५) को ब्याख्या गरेर मात्रै नहुने भन्दै उनले राष्ट्रपतिबाट समेत संविधानको उल्लंघन हुने गरी भएको निर्णय बदरको आदेश जारी गर्न पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस