काठमाडौं । पार्टीभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका नेपाली कांग्रेसका ३ प्रभावशाली नेताहरूबीच आज पनि छलफल शुरू भएको छ ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफल जारी छ ।
पार्टीको १४ औं महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । यसअघि सोमबार निधिको निवासमा नेतात्रयबीच छलफल भएको थियो ।
पार्टीभित्र सर्वपक्षीय एकताका लागि संवाद जारी राख्ने निर्णय अनुसार आज छलफल भइरहेको महामन्त्री कोइरालाका राजनीतिक सहयोगी भरत तिवारीले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असार २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा