काठमाडौं । पार्टीभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका नेपाली कांग्रेसका ३ प्रभावशाली नेताहरूबीच आज पनि छलफल शुरू भएको छ ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफल जारी छ ।
पार्टीको १४ औं महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । यसअघि सोमबार निधिको निवासमा नेतात्रयबीच छलफल भएको थियो ।
पार्टीभित्र सर्वपक्षीय एकताका लागि संवाद जारी राख्ने निर्णय अनुसार आज छलफल भइरहेको महामन्त्री कोइरालाका राजनीतिक सहयोगी भरत तिवारीले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असार २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र