प्रतिनिधिसभा विघटन

संवैधानिक इजलासमा सुनुवाई शुरु, बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १२ : ०८
संवैधानिक इजलासमा सुनुवाई शुरु, बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार आज पनि पनि सुनुवाइ शुरु भएको छ । इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्दैछन् ।

शुक्रबार सुरुवातमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस थालेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट अर्यालले बहस सुरु गरेका हुन् ।बिहीबार वरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, बोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गर्ने बेञ्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदक पक्षका वकिलहरुको बहस आज सकिदैंछ ।

प्रतिक्रिया दिनुहोस