स्याङ्जामा चट्याङ लागेर एक युवकको मृत्यु

रासस

शुक्रबार, ११ असार २०७८, ११ : ३०
स्याङ्जामा चट्याङ लागेर एक युवकको मृत्यु

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका २ मा आज बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।

आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज चट्याङ लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार बिहान साढे पाँच बजे तिर घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा किसोरको ज्यान गएको हो ।मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मोबाईल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस