काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरु छलफल गर्दै छन् । शुक्रबार (आज) दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।
गत शनिबार यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका छन् । विहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।
उनीहरुको सक्रियतापछि पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ ।
वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् । देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् । निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असार २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा