धादिङ अस्पतामा अक्सिजन प्लान्ट सञ्चालनमा

रासस

विहीबार, १० असार २०७८, २१ : २४
धादिङ अस्पतामा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौँ । जिल्ला अस्पतालमा  अक्सिजन प्लान्ट जडान गरिएको छ  ।  वाग्मती प्रदेश सरकारको रु ४० लाखको सहयोगमा पहिलो पटक  प्लान्ट जडान गरी अक्सिसन उत्पादन शुरु गरिएको हो ।

जडित प्लान्टबाट प्रतिमिनेट ८५  देखि ९० लिटरसम्मको  उत्पादन गरी  पाइप लाइनबाट  आइसीयू सहित अन्य श्ययामा पु¥याइएको छ । 

प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले आज प्लान्टको आज शुभारम्भ गर्दै स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकार प्रतिवद्ध छ भन्नुभयो ।  अस्पतालका प्रमुख डा त्रिभुवनचन्द्र झाले कोभिड–१९ सहित अन्य दीर्घ बिरामीलाई उपचार गर्न सहज भएको बताउनुभयो ।  

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले अस्पतालको क्षमता  विस्तारमा जोड दिइएको जानकारी दिनुभयो । पचास श्ययाको सो अस्पतालमा अहिले ७० श्यया सञ्चालनमा रहेको छ भने निकट भविष्यमा २०० श्यया तयारीको  लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस