काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बताएका छन् ।
बिहीबार विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले इतिहासमा एउटै प्रधानमन्त्रीले एउटै कार्यकालको दुई संसद विघटन गरेर अनौठो रेकर्ड कायम गरेको बताए । उनले ओलीका गतिविधि लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी शासन गर्न लागिपरेकोमा दुईमत नरहेको बताए ।
त्यस्तै उनले राष्ट्रपतिले समेत संविधानको ख्याल नगरेको बताए । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा नयाँ सरकार गठनका लागि जाँदा समेत वेवास्ता गरेको बताए त्यसले राष्ट्रपतिका समेत भुमिकामा प्रश्न उठेको यादवको भनाई छ ।
‘राष्ट्रपतिको भुमिका पनि शंकास्पद छ, प्रश्न उठेको छ’, यादवको भनाइ छ । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने र प्रतिगमनलाई परास्त पार्ने विश्वास दिलाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्री यादव भन्छन् - जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन
उपेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग
स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउनु नै चुनौती : स्वास्थ्यमन्त्री यादव
जसपा सरकारमा जाने, स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का
शासक वर्गको उपेक्षाका कारण मधेश पछि पर्यो : अध्यक्ष यादव
शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्यो : अध्यक्ष यादव