पोखरा महानगरले बाढी प्रभावित सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई २० लाख दिने

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १३ : १५
पोखरा महानगरले बाढी प्रभावित सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई २० लाख दिने

पोखरा। पोखरा महानगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई २० लाख दिने भएको छ ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बजेट मार्फत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई १० लाख बजेट दिने बताएकी हुन् ।

उनले सहयोगले आगामी दिनमा अन्य पालिकाहरुमा पनि सहकार्यको भावना वृद्धि हुने बताएकी छिन् । पोखरा महानगरपालिकाको आर्थिक वर्ष ७८/७९ को बजेट प्रस्तुत गरेको छ ।

सबै स्थानीय तहले असार १० गते भित्र नयाँ बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ । ७ सय ७३ स्थानीय तह मध्ये केहीले असार १० भन्दा पहिले नै बजेट ल्याएका थिए । भने बाँकी रहेका स्थानीय तहले आज बजेट ल्याउँदै छन् ।

प्रतिक्रिया दिनुहोस