रमण श्रेष्ठको बहस -धारा ७६ (५ ) मा मैले जे गरेपनि हुन्छ भन्ने राष्ट्रपतिको दावी गलत छ

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १२ : ५०
रमण श्रेष्ठको बहस -धारा ७६ (५ ) मा मैले जे गरेपनि हुन्छ भन्ने राष्ट्रपतिको दावी गलत छ

file-photo

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारेको मुद्दा आजपनि सुनुवाइ जारी छ । रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आजको बहस थालेका छन् ।

अहिले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दामाथि श्री ७ मा राख्न खोज्नुभएको उनले बताए । धारा ७६ को ५ मा मैले जे गरेपनि हुन्छ भन्ने राष्ट्रपतिको दावी गलत छ’, श्रेष्ठले भने । उनले विगतमा राजा राष्ट्रप्रमुख हुँदा समेत नदिइएको अधिकार गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिले अभ्यास गर्न खोज्नु असंवैधानिक भएको जिकिर गरे ।अघिल्लो पटक संसद विघटन हुँदा प्रधानमन्त्रीको विशेषाधिकारबारे बहस भएको र अहिले राष्ट्रपतिको विशेषाधिकारबारे बहस गर्नुपरेको बताए । उनले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दा माथि ‘श्री ७’ को स्थानमा राख्न खोजेको आरोप लगाएका छन् ।

संसद विघटनको सम्भावनालाई निस्तेज पार्नकै लागि संविधानमा धारा ७६ को ५ को व्यवस्था उल्लेख गरिएको भन्दै अधिवक्ता श्रेष्ठले राष्ट्रपतिले आफूले गरेको काममा कसैले प्रश्न गर्न नसक्ने दावी गर्नु गलत भएको बताए ।

संविधानप्रति राष्ट्रपति पनि जवाफदेही हुनुपर्ने भन्दै श्रेष्ठले संविधानको धारा ७६ का सबै अधिकार आफूसंग रहेको दावी गर्न नमिल्ने बताए । उनले विगतमा सर्वोच्चले शाही आयोग खारेज गरेर राजाको अधिकारको व्याख्या गरिदिएको स्मरण गराउँदै अहिले संसद पुनःस्थापना गरेर राष्ट्रपतिको अधिकार व्याख्या गरिदिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस