दाङमा चेक बाउन्समा ८ जना पक्राउ, बैंकिङ कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान चल्दै

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १० : ५२
दाङमा चेक बाउन्समा ८ जना पक्राउ, बैंकिङ कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान चल्दै

घोराही । बैंकिङ कसुरमा प्रहरीले प्युठान नगरपालिका–७, पुण्य खोलाका सन्तोष विकलाई पक्राउ गर्यो । राप्ती गाउँपालिका–२ बराखुटी, निवासी भरतबहादुर विश्वकर्माले जग्गा बिक्री बापतको रकम १८ महिना बित्दा पनि नपाएको भन्दै प्रहरीमा सन्तोषविरुद्ध उजुरी दिए।

सोही उजुरीका आधारमा उच्च अदालतले सन्तोषविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ पनि गर्यो। प्रहरीले बैंकिङ कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर घटनाको थप अनुसन्धान पनि गर्यो । सन्तोषले पाँच पटकसम्म चेक काटेर दिएको तर पाँचै पटक चेक बाउन्स भएपछि भरतबहादुरले आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएका थिए ।

लमही नगरपालिका–१ मा रहेको जग्गा २०७६ मंसिरमा भरतले सन्तोषलाई बेचेका थिए । जग्गा खरिद गर्दा सन्तोषले केही रकम दिए पनि बाँकी रकम केही दिनमै दिने सहमति भएको थियो । १८ महिनासम्म पनि जग्गा रकम नपाउँदा भरतले उजुरी दिएको बताइन्छ । बैंक कसुरमा यो घटना प्रतिनिधी मुलक हो । अहिले चेक बाउन्सको मुद्धाको उजुरी दिनहु प्रहरी समक्ष आइरहेकै छन । जिल्ल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा बैंक कसुरमा अहिलेसम्म ८ जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार यो आर्थिक बर्षमा १९ वटा चेक बाउन्सको मुद्धा दर्ता गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका मुद्धा फाटका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा मगरले चेक बाउन्सको मुद्धा प्रहरीमा आइरहेको भन्दै चालु आर्थिक बर्षमा  १८ वटा बैंक कसुरमा मुद्धा दर्ता भएको र ती मुद्धाका ८ जना अभियुक्तलाई प्रहरीले समातिसकेको जानकारी दिए । बुढाले दिएको जानकारी अनुसार बैंक कसुरमा ११ जना फरार रहेको  र १९ जना विरुद्ध मुद्धा चलिरहेको छ ।

बैंकमा मौज्दात पैसा नभइ ठग्ने मनसायले चेक काटेर दिएमा बैंक कसुर मुद्धा आकर्षित हुने उनको भनाइ छ । बैंक कसुर मुद्धामा बिगो अनुसार असुल उपर गरेर बिगो बराबरको थप जरिवाना गर्ने कानुनि ब्यबस्था छ । चेक काटेको मितिले १ बर्ष सम्म बैंक कसुर मुद्धा लाग्ने प्रहरीले जनाएको छ । चेक बाउन्समा १५ लाखसम्मका मुद्धा प्रहरीमा आउने गरेको प्रहरी निरीक्षक बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस