रोल्पा। रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा छन् ।
रोल्पा नगरपालिकाको हुमामा मंगलबार राति आएको पहिरोले दुई तले घर पुर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी नरेश सुवेदीले बताए ।
उनका अनुसार घटनामा टीका बुढामगर घाइते छन् । पहिरोका कारण सडक अवरुद्ध भएकाले उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ असार २०७८, १४ : ०७
लेखकबाट थप