प्रतिनिधिसभा विघटन मुद्दा, संवैधानिक इजलासमा आजदेखि सुनुवाइ, यी वकिलले गर्दैछन् बहस

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, ०८ : १९
प्रतिनिधिसभा विघटन मुद्दा, संवैधानिक इजलासमा आजदेखि सुनुवाइ, यी वकिलले गर्दैछन् बहस

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो ।

 सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस  गरेपछि आजदेखि नियमित सुनुवाइ हुन लागेको हो । 
बहसका लागि पक्ष र विपक्षका ५ सय बढी वकिलहरुले वकालतनामामा नाम लेखाएका छन् । 

स्रोतका अनुसार बुधबार चार घन्टाको समयमा अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्ने छन्। सर्वोच्च प्रशासनलाई बुझाइएको सूचनामा पाँच जना वकिलको बोल्ने समयसमेत छुट्टयाइएको छ।

प्रतिक्रिया दिनुहोस