मोरङ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् ।
उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।
प्रहरीले बरामद भएको अवैध सुर्ती आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।
यस्तै मोरङ सुन्दरहरैचा नगरपालिका–६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका विश्वकर्माले बोकेको व्याग भित्र DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 लेखिएको ४३५ ट्याबलेट र SPASMO-PROXYVON PLUS १४४ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असार २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ