मोरङ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् ।
उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।
प्रहरीले बरामद भएको अवैध सुर्ती आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।
यस्तै मोरङ सुन्दरहरैचा नगरपालिका–६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका विश्वकर्माले बोकेको व्याग भित्र DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 लेखिएको ४३५ ट्याबलेट र SPASMO-PROXYVON PLUS १४४ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असार २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ