कोरोना महामारीको कारण स्थगन गरिएको लाइसेन्ससम्बन्धी सेवा पुनः सुचारु हुँदै

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, २२ : ००
कोरोना महामारीको कारण स्थगन गरिएको लाइसेन्ससम्बन्धी सेवा पुनः सुचारु हुँदै

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु गर्ने भएको छ ।

 असार ८ गतेदेखि सञ्चालन गर्न लागिएको सेवामा सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण रहेको छ ।