सिन्धुली । सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–१० बस्ने २० वर्षीय अभिषेक परियार छन् । गोलन्जोर गाउँपालिका–७, खुर्कोट बजारस्थित चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरीलाई १०० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा आइतबार बिहान उनलाई पक्राउ गरिएको हो ।
इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३०९ नम्बरको हाइस गाडीलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा गाडीका सहचालक परियारले उक्त नगद दिई प्रलोभनमा पार्न खोजेपछि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ