सिन्धुली । सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–१० बस्ने २० वर्षीय अभिषेक परियार छन् । गोलन्जोर गाउँपालिका–७, खुर्कोट बजारस्थित चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरीलाई १०० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा आइतबार बिहान उनलाई पक्राउ गरिएको हो ।
इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३०९ नम्बरको हाइस गाडीलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा गाडीका सहचालक परियारले उक्त नगद दिई प्रलोभनमा पार्न खोजेपछि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ