काठमाडौं । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।
गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ ।
गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ असार २०७८, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध
पाकिस्तानको पन्जाबमा १४ लाख मानिस बाढीको जोखिममा
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
यी जिल्लामा आज बाढी र पहिरोको जोखिम
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल