काठमाडौँ । अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २ सय ५५ जनाको मृत्यु भएको छ । तालिबान समूहले अप्रिल १३ देखि नै विभिन्न आक्रमणका श्रृंखलाहरु चलाएको छ ।
अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २ सय ५५ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।
तालिवानले रमजानपछि मात्रै २ सय वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सी तोलो न्युजले जनाएको छ ।
अफगान राष्ट्रपति असरफ घानीले यी आक्रमणबाट थप क्षति हुन नदिन भूमिका खेल्ल्ने सुरक्षा फौजलाई उनले धन्यवाद दिएका छन् । उनले थप ८ सय आक्रमणका घटनाहरुलाई सुरक्षा फौजले असफल बनाइदिएको र ८ सय भन्दा बढी आतंकवादीलाई पक्राउ गरिएकोसमेत जनाकारी दिएका छन् ।
उनले पक्राउ परेकाहरुविरुद्ध आतंकवादी आक्रमण गराएको कसुरमा मुद्दा चलिसकेको र कारबाहीको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् । तोलो न्युजको तथ्यांक अनुसार गत महिनाको अवधिमा सर्वसाधारणको मृत्यु हुने दरमा २० प्रतिशत वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ असार २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने