सर्पको डसाइबाट एक बालिकाको मृत्यु

रासस

शुक्रबार, ०४ असार २०७८, १३ : ३४
सर्पको डसाइबाट एक बालिकाको मृत्यु

दाङ । देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ । 

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै  चिकित्सकले मृत घोषणा  गरेका थिए । बिहान  साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताइन्।

प्रतिक्रिया दिनुहोस