काठमाडौँ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाभाइरसविरूद्धको ४० लाख डोज खोप किन्ने तयारी अघि बढाएको छ। सिनोफार्मसँग खोप किन्नेबारे मन्त्रिपरिषदले यसअघि नै निर्णय गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेकोबारे बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको बैठकमा बताएका थिए।
बैठकमा सहभागी एक जना अधिकारीका अनुसार सिनोफार्मसँग सुरूमा १० लाख डोज खोप र त्यसपछि बाँकी ३० लाखमध्ये ५(५ लाखका दरले खोप ल्याउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप