प्राकृतिक विपत्तिको सामनामा सरकार उदासीन र गैरजिम्मेवार : विपक्षी गठबन्धन

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १४ : ३६
प्राकृतिक विपत्तिको सामनामा सरकार उदासीन र गैरजिम्मेवार : विपक्षी गठबन्धन

काठमाडौँ । विपक्षी गठबन्धनले प्राकृतिक विपत्तिको सामनामा सरकार उदासीन बनेको आरोप लगाएका छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले प्राकृतिक विपत्तिको सामनामा सरकार उदासीन बनेको आरोप लगाएका छन् । 

प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार देखाएको उनीहरुको भनाइ छ । उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरी बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचारमा लाग्न सरकारसँग माग गरेका छन् । 

विज्ञप्तिमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । 

प्रतिक्रिया दिनुहोस