१६ वर्षपछि रामोसले रियल मड्रिड छाडे

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, ११ : ३७
१६ वर्षपछि रामोसले रियल मड्रिड छाडे

काठमाडौं । रियल मड्रिडका कप्तान सर्जियो रामोसले डेढ दशकपछि स्पानिस क्लब छाड्ने भएका छन् । रियलले बुधबार डिफेण्डर रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।

यस्तै बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको बिदाइ गर्नेसमेत रियलले जनाएको छ । त्यसपछि रामोस भर्चुअल कन्फ्रेन्समा उपस्थित हुनेछन् । सेन्टर ब्याक रामोसको रियलसँगको समझौता यही जुनको अन्त्यमा सकिँदैछ । र त्यसको २ साताअघि उनले क्लबले छाड्न लागेका हुन् ।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका रामोसले त्यहाँ १६ वर्ष बिताए । रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् भने ४० असिस्ट समेत गरेका छन् ।

यस्तै उनले ५ पटक ला लिगा र ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । साथै कोपा डेल र २ पटक, क्लब विश्वकप र स्पानिस सुपर कप ४-४ पटक र यूईएफए सुपर कप ३ पटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस