सामाजिक सन्जालमा अश्लिल भिडियो पठाउने र टिकटकमा अरुको तस्विर दुरुपयोग गर्ने दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १६ : २२
सामाजिक सन्जालमा अश्लिल भिडियो पठाउने र टिकटकमा अरुको तस्विर दुरुपयोग गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक संजाल ‘फेसवुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडीयो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले कामठमाडौं–१७ डल्लु बस्ने वर्ष २६ का सानु पोडे र बाग्लुङको बाग्लुङ नगरपालिका–८ घर भएका ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरेको हो ।

सानु पोडेले १६ वर्षीया किशोरीको फेसवुक म्यासेन्जरमा पटक–पटक पिडीतको अनुहारमा अपरिचित महिलाको नग्न शरिर जोडेर मोर्फेड गरेको तस्बिर र भिडीयो पठाएर हैरानी गरेको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

रामेन्द्र खड्काले फेसवुक, टिकटक र युट्युव मार्फत ४ जना व्यक्तिको फोटो र भिडीयो फोटोसप गरेर अश्लिल बनाएर प्रसारण, प्रकाशन गरेका थिए । उनिहरुमाथी विद्युत्तिय कारोबार ऐन बिरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस