काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले आफ्नो पार्टीको विवादसम्बन्धी विषयमा एकपक्षीयरुपमा निर्णय गरेको भन्दै कानुनी लडाइँ लड्ने बताएका छन् ।
उनले त्यस्तो पूर्वाग्रही निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन्। ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन’ उपेन्द्र यादवद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । वक्तव्यमा भनिएको छ, ‘निर्वाचन आयोगले गरेका उपरोक्त काम कारबाहीविरुद्ध राजनीतिक र कानूनी उपचारका लागि लडाइँ जारी रहने समेत जानकारी गराउछौं ।’
जसपाले जेठ १७ गते बसेको पार्टीको कार्यकारिणी समितिको बहुमतबाट निर्णय गरी सोको प्रतिलिपिसमेत सङ्लग्न राखी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम महन्थ ठाकुरलगायत केही सदस्यलाई पार्टी अनुशासन सम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाएको निर्वाचन आयोगलाई जानकारी गराएको थियो।
आयोगको सो निर्णयबाट राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्णरुपले अवज्ञा, उपेक्षा र तिरस्कार भएको समेत यादवले जनाएका छन्। यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिए । ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उनले भने । अदालत जानुअघि आज उपेन्द्र यादव पक्षले कानुन व्यवसायीसँग छलफल गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब ढुक्कैसँग निर्वाचन हुन्छ: निर्वाचन आयोग
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
समानुपातिक सूचीबाट हटाइएका व्यक्तिको विवरण सार्वजनिक
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक