काठमाडौँ । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।
संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने भन्दै गठबन्धनलाई कमजोर पार्ने प्रयासहरु हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा नेताहरु सहमत भएको बुझिएको छ ।
नेकपा एमालेको नेता माधव नेपालको निवास कोटेश्वरमा सोमवार साझ बसेको विपक्षी नेताहरुको बैठकले ओलीका असंवैधानिक कदमविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको स्रोतले बतायो । बैठकमा देउवा, नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागि थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको टुंगो लागेपछि थप रणनीति सहित अघि बढ्ने तीन नेताहरुबीच सहमति भएको स्रोतले बतायो । विपक्षी गठबन्धनमा रहेका जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा भने आजको बैठकमा सहभागि थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ जेठ २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने