विपक्षी गठबन्धनले दिए गण्डकी प्रदेश प्रमुखको कार्यालयमा धर्ना

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १६ : ५६
विपक्षी गठबन्धनले दिए गण्डकी प्रदेश प्रमुखको कार्यालयमा धर्ना

पोखरा । विपक्षी गठबन्धनले गण्डकी प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए । विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् । 

प्रतिक्रिया दिनुहोस