काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
कोरोना भाइरसको संक्रमण तीव्र हुँदा महाधिवेशनको सम्पूर्ण कार्यातालिका प्रभावित भएपछि छलफलका लागि बैठक बोलाएको हो। शनिबार दिउँसो २ बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने बैठकमा संक्रमण कायमै रहे पार्टीको महाधिवेशन भदौमा कसरी गर्न सकिन्छ भन्ने विषयमा नेताहरूको राय लिनेछन्।
पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको कांग्रेसले आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। त्यसअनुसार कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण महाधिवेशन गर्न असहज बन्दै गएको छ। तर संस्थापन इतर पक्षले सभापति देउवाले पार्टी महाधिवेशन गर्न नचाहेको भन्दै दबाब बढाएका छन्।
देउवाले पनि विज्ञप्ति जारी गरेर पार्टी महाधिवेशन भदौमै गर्ने जनाएका थिए। महाधिवेशन गर्न दबाब दिने उद्देश्यले केही युवा नेताले शुक्रबार नेता रामचन्द्र पौडेललाई भेटेका छन्। उनीहरूले यसअघि सभापति देउवालाई पनि भेटेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित