गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १५ : ५२
गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर वैकल्पिक सरकार नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।संविधानको धारा ६८ (३)अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि ६८(५ )अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस