म्यान्मार सैन्य शासन : थप ६ सय ३८ जना गिरफ्तार

रासस

शुक्रबार, २८ जेठ २०७८, १३ : ५७
म्यान्मार सैन्य शासन : थप ६ सय ३८ जना गिरफ्तार

याङ्गुन । म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६ सय ३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २ सय ५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २ सय ७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।

म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ । म्यानमारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ । 

सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौँको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस