प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा वालुवाटारबाट पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, ११ : ४८
प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा वालुवाटारबाट पक्राउ

काठमाडौं । नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई प्रहरीले पक्राउ गरेको हो।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।

नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस