काठमाडौँ । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।
दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो ।
भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।
बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ जेठ २०७८, २२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा
भरतपुरका विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको सर्कुलर
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै
सोमबार बेलायतका राज्यमन्त्री नेपाल भ्रमणमा आउने
अध्ययन र भ्रमणमा बिदेसियो एक खर्ब २३ अर्ब
श्रीलङ्काका विदेश मन्त्री आज नेपाल भ्रमणमा आउँदै