शव व्यवस्थापन गर्न झोला हस्तान्तरण

रासस

विहीबार, २७ जेठ २०७८, १७ : ४६
शव व्यवस्थापन गर्न झोला हस्तान्तरण

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीलाई नेपाल स्थित डेनिस रेडक्रसले आठसय  शव व्यवस्थापन झोला हस्तान्तरण गरेको छ । कोभिड–१९ सङ्क्रमण, वाढी र  पहिरो जस्ता विपदमा परी अकालमा ज्यान गुमाएकाको शव व्यवस्थापन ती झोला उपयोगमा ल्याइने छ । कोरोना सङ्क्रमित मृतकका स्थानीय स्तारमा नै झोला मार्फत शव व्यवस्थापन हुँदै आएको छ । 

मानवीय सेवाको उच्च निकाय सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई यहाँस्थित डेनिस रेडक्रसका प्रतिनिधि सोक्क्षि डिईले आज झोला हस्तान्तरण गरे । हस्तान्तरित झोला अस्पताल, सिसिएमसि तथा नेरेसोका जिल्ला शाखालाई उपलब्ध गराइने जनाइएको छ । सो अवसरमा कार्यकारी निर्देशक ढकालले कोरोना रोकथाम तथा नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिता दिइ मानवीय सेवाका गतिविधि जारी जानकारी दिँदै सहयोगका लागि डेनिस रेडक्रसलाई धन्यवाद दिए । 

उनका अनुसार सोसाइटीले कोरोना महामारी नियन्त्रणका लागि स्थानीय स्तरका आवश्यकता अनुसार माक्स, स्यानिटाइजर तथा स्वास्थ्यकर्मीका लागि पिपिई, , अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर  लगायत अत्यावश्यक सामग्री सरकार तथा शाखा मार्फत् सहयोग गर्दै आएको छ । साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेका जनस्वास्थ्यका मापदण्डलाई पालना गराउन सचेतना अभिवृद्धि समेत सञ्चालन गर्दै आएको छ । 

डेनिस रेडक्रसका प्रतिनिधि  डिईले आगामी दिनमा नेरेसोलाई निरन्तर सहयोग जारी राख्ने जानकारी दिए । सोसाइटीका विपद व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपानेले विपदमा परी मृत्युभएकाको शव व्यवस्थापन गर्न झोलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे  । उनले कोभिङ महामारीमा पनि मानवीय सेवालाई निरन्तरता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस