काठमाडौं । नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समुहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उदार र खुला विचारका साथ गरेकोो आव्हानलाई यसरी अस्वीकार गर्नुभनेको नेपाल–खनाल समुह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।
पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए । यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे ।
संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने बताए । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गरे । आफुहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट