प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, २१ : २०
प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने

काठमाडौं । मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । 

माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।  
माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए । 

उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए । आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन ।

प्रतिक्रिया दिनुहोस