काठमाडौं । गोरखाका विभन्नि ५ वटा स्थानीय तहहरुलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देस्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरुलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आउनु भएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरुलाई उपलब्ध गराएका हुन् ।
गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहहरुका लागि एम्बुलेन्स समेत गरी करिब १ करोड रुपैया बराबर सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए ।
त्यस्तै संस्थाले कोरोना संक्रमणका विरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहहरुलाई उपलब्ध गराएको छ ।
त्यस्तै ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर लगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहहरुलाई प्रदान गरिएको उनले बताए। गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा रु १२ लाख रुपैयामा खरिद गरिएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ जेठ २०७८, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
युवाको सहयोगमा गाउँमा एम्बुलेन्स
चितवनमा नवीकरण भएनन् पुराना एम्बुलेन्स
एम्बुलेन्समा जोडिएका जीपीएस नवीकरण गर्न परिपत्र
प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या