शम्भु थापाको प्रश्न : संविधानको धारा ५ को सरकारमा पनि दाबी गर्ने अनि संसदमै नजाने ?

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १३ : ००
शम्भु थापाको प्रश्न : संविधानको धारा ५ को सरकारमा पनि दाबी गर्ने अनि संसदमै नजाने ?

काठमाडौं ।वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको भन्दै धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन । थापाले भने ,'संविधानको धारा ५ को सरकारमा पनि दाबी गर्ने अनि ससदमै नजाने'?। यसअघि बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नु पर्ने जिकिर गरेका थिए ।

थापाले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो ।ओलीजी विश्वासको मत नपाएकोले पदमुक्त अवस्थामा हो । संसदीय प्रजातन्त्र हाम्रो संविधानले रक्षा गरेको छ । धारा ७६ को व्यवस्थाले संसदीय व्यवस्थासंग जोडिएको छ । यो कार्यान्वयन नहुदा संविधान नै फेल हुन्छ ।’

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक शेरबहादुर देउवा पक्षका दुई वरिष्ठ अधिवक्ताको बहसपछि चिया ब्रेक भएको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरिसकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा छन् । चिया ब्रेकपछि थप छलफल हुने इजलासबाटै न्यायाधीश ईश्वर खतिवडाले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस