मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

रासस

मंगलबार, २५ जेठ २०७८, १६ : ०५
मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले आज एक विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकासित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रिकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरी रही रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्  ‘बिना कारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।’ 

प्रतिक्रिया दिनुहोस