ट्रेडमार्क चोरी धन्दामा सक्रिय छन् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड, दुगडका विरुद्ध बोल्ने आँट गर्दैनन् उद्योगी

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १२ : ३३
ट्रेडमार्क चोरी धन्दामा सक्रिय छन् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड,  दुगडका विरुद्ध बोल्ने आँट गर्दैनन् उद्योगी

चितवन । देशको कार्यकारी प्रमुखको आर्र्थिक सल्लाहकार एवं पुर्व मन्त्री नै चोरी धन्दामा सक्रिय छन् भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । तर यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार एवं उद्योगी मोतीलाल दुगडलाई ट्रेडमार्क समेत चोरी गरेको आरोप लागेको छ । हुनत उनीमाथि यस अघि पनि ठगी आरोप लागेकै हो ।

भारतीय भुजिया उत्पादन गर्ने कम्पनी विकानेरको उस्तै नक्कल गरेर दुगडको कम्पनी सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि बजारमा ल्याएको छ । 

जसरी हुन्छ सामदाम दण्डभेद सबै प्रयोग गरेर कमाउ धन्दा गर्न पल्किएका सिरक ओडेर घिउखान सिपालु, नेपाली बजारमा जवरजस्त आफनो प्रभाव जमाएका दुगडले कति सम्म नकच्चरो काम गर्छन भन्ने एउटा प्रमाण हो ट्रेडमार्क चोरी प्रकरण ।  दुगडले उत्पादनमा ल्याएको मुङदाल, कुछकुछ र भुजियाको चारसय ग्रामको प्याकेटमा भारतीय उत्पादन विकानेरको हुबहु नक्कल गरेर प्याकेजिङ गरि बजारमा ल्याईएको छ । यसअघि भारतीय कम्पनीकै खाजा कुरकुरेलाई उनले नेपालमा कुरमुरे भनेर बिक्री वितरण गर्दै आएका थिए ।

विराटनगर ४ की उपभोक्ता इन्दिरा कार्कीले विकानेरको भुजिया भनेर किनेर लगेको र स्वादमा फरक भएपछि प्याकेट निकै राम्ररी हेर्दा दुगडको उत्पादन भनेर थाहा पाएको गुनासो गरेकी छन । उपभोक्ता झुक्काउने गरि उस्तै प्याकेट र उस्तै नाम राखेर उत्पादन बजारमा ल्याउनु उपभोक्ताको अधिकार हनन् भएको उपभोक्तवादी संघ संस्थाहरुले बताएका छन् ।   
 
सेन्चुरी ब्राण्डको मसला उत्पादन गरेर राम्रो व्यावसायीक सफलता आर्जन गरेका दुगडले पछिल्लो समय भुजिया, अचार, सस र जामजेलीको समेत उत्पादन थालेका हुन । सेन्चुरी स्पाइस एण्ड स्न्याक्स कम्पनीको नामबाट बजारमा आएका भुजियाको प्याकेटको डिजाइन हुबहु विकानेरको नक्कल गरिएको एक उद्योगीले बताएका छन ।

आफुले नयाँ प्रडक्ट उत्पादन गर्न नजान्ने खाली अर्काको प्रडक्ट चोरी गरेर उपभोक्तालाई झुक्याएर, नेता फकाएर ,जवरजस्ती उद्योगपती बनेर दुगडले नेपाली बजारमा लुट मच्चएका छन् ।
 
के भन्छन अन्य उद्योगी ?
शक्तिको दुरुपयोग गरेर दुगडले अर्काको प्रडक्ट कपि गरेर नेपाली बजारमा आतंक मच्चाएको बिराटनगरका एक उद्योगपतीले बताए । उद्योगीले कुनैपनि उत्पादनको नक्कल गर्न नपाइने कानुन छ । तर दुगड आफैं विगतमा राज्यमन्त्रीभएकाले उनले उद्योग विभागमा सवै कुरा सेटिङमा मिलाएको हुनुपर्ने शंका ति उद्योगीको छ ।

भारतमा उत्पादन भएर अन्तर्राष्ट्रिय ब्राण्ड बनेको विकानेर भुजियाको नेपालमा हुबहु दुगडको उत्पादन बजारमा आउछ’ अर्काे लोकप्रिय ब्राण्डको चोरी गरि दर्ता गरेरै भएपनि उपभोक्तालाई झुक्याउने गरि उत्पादन बजारमा ल्याउनु उभोक्ताको अधिकार माथिको चरम खेलबाड नै भएको ति उद्योगीको भनाई छ ।  दुगडले आफना विरुद्ध बोल्नेहरुलाई शक्तिको प्रयोगगरी समस्या पार्न सक्ने भएकाले उनका विरुद्ध उद्योगीहरु केहि बोल्न नसक्ने उनी बताउछन् ।

सामान्य र निरिह उद्योगीलाई यस्तो छ उस्तो छ भनेर फर्काइदिने उद्योग विभागले दुगडले भने जे चाह्यो उहि गर्ने गरेका छन् । बिराटनगरकै अर्का एक उद्योगीले भने पछिल्लो समय हेलो र सेलो ब्राण्डका विषयमा मुद्दा परेर  महिनौ बितिसकेको छ त्यसको छिनोफानो गर्न विभागले चाँसो देखाउदैन् तर  प्रधानमन्त्रीका आर्र्थिक सल्लाहकार मोतीलाल दुगढको उत्पादनमा हुवहु हुँदा समेत उद्योगले उनलाई प्रश्न समेत गर्न नसक्नु आश्चर्यको कुरा भएको उनी बताउँछन् ।
 
के भन्छ कानुन ?

 
पेटेण्ट डिजाइन र टे«डमार्क ऐन, २०४४ मा परिच्छेद २ को ६ मा पहिले नै अरु कसैको नाममा दर्ता भएको, दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैंले आविष्कार नगरेको साथै आविष्कार गर्ने व्यक्तीबाट हक पनि प्राप्त नगरेको रहेछ भने खारिज गर्न सकिने प्रावधान रहेको छ । त्यसैगरि परिच्छेद ३ को १२ मा यस ऐन बमोजिम कुनै व्यक्तीको नाममा दर्ता भएको डिजाइन अरु कसैले नक्कल गर्न वा नामसारी नगराई अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन नपाउने प्रावधान रहेको छ ।

विश्वका विकसित मुलुकमा बौद्धिक सम्पत्ती संरक्षणको कानून निकै कडा रहेको र त्यसलाई हेर्ने निकाय नै छुटै भएपनि नेपालमा उद्योग विभागको एउटा शाखाले हेर्ने गरेको छ । कानुनको कमजोरीको फाइदा उठाउदै शक्ति केन्द्रमा आसिन व्यक्तिहरुबाट ‘चलखेल’ गर्नेहरुले लाभका लागि काम गरिरहेपनि कसैको सम्पत्तीमाथि धावा बोल्नु गलत भएको दावी स्थानीय उद्योगी एवं व्यवसायीहरुले गरेका छन ।
 
 दुगडले गरेका थिए यस अघि नुनमा कालोबजारी


यस अघि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका मोतीलाल दुगड मन्त्री हुँदानै नुनमा कालोबजारी गरेको आरोप खेपेका थिए । उनको उद्योगले २० रुपैयाँ केजी पर्ने नुनलाई १०० ग्रामका दरले प्याक गरेर बजारमा बिक्रीका लागि पठाएको थियो । उनको सोही उत्पादन  १०० ग्रामको ३५ रुपैयाका दरले भाटभटेनीले बिक्री गर्ने गरेको थियो ।

दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालिले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गरेको थाहा भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको थियो ।

मोरङस्थित राज्यमन्त्री दुगडको ‘सो उद्योगले नुनमा कालोबजारी गरेको खबर बाहिर आएपछि राष्ट्रिय उपभोक्ता मञ्च नेपालले वाणिज्य विभाग, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको थियो । तर, प्रधानमन्त्रीका विश्वासपात्र दुगडको स्पाइसेसलाई कानुनी कारबाही गर्ने आँट कुनै निकायले गरेनन् ।
 

प्रतिक्रिया दिनुहोस