काठमाडौं । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्याङकले देखाएको छ । विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ ।
सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन् । बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ ।
विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ जेठ २०७८, २२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
विश्व बैंकको अनुमान : यो वर्ष नेपालको आर्थिक वृद्धि मात्र २.१ प्रतिशत
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त