धनगढी । कोभिड—१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को पूर्व बजेट छलफलका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पु¥याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिएको जानकारी दिए ।
उनले पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास,निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सिर्जना,कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, प्रदेश पूर्वाधार आयोजना कार्यान्वयनमा आगामी बजेटले प्राथमिकता दिने बताए ।
‘‘कोरोना महामारीका कारण नागरिकको जीवन रक्षा गर्न प्रवद्र्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक लगायतलाई विशिष्टिकृत गर्ने तर्फ पनि बजेट परिलक्षित हुनेछ,’’उनले भने, ‘‘स्वदेश र विदेशमा रोजगार गुमाएका नेपाली लक्षित विषेश प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।’’
बैठकको विषेश समयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उपप्रधानमन्त्री राजेन्द्र महतोले हाल दिनुभएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गरे । प्रदेशसभाको दोस्रो बैठकमा आव २०७८/०७९ को पूर्व बजेट माथि छलफल शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ जेठ २०७८, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित