अखिल(क्रान्तिकारी) चितवनद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, २० : ४२
अखिल(क्रान्तिकारी) चितवनद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

चितवन । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले  प्रधानमन्त्री केपी शर्मा ओली र उप्रधानमन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन् ।

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै उनीहरुले पुतला जनाएका हुन्। सरकारको उपप्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै उनीहरुले ओली र महतोविरुद्ध नारावाजीसमेत गरेका छन् ।

महतोले केही दिनअघि ‘नेपाललाई बहुराष्ट्रिय राज्य’ बनाउन आन्दोलन गर्ने टिप्पणी गरेका थिए। उनको भनाइको अहिले चौतर्फी विरोध भइरहेको छ ।

त्यही विरोधअन्तगर्त पुत्ला दहन गरिएको अखिल (क्रान्तिकारी)का चितवन जिल्ला इन्चार्ज अशोक देवकोटाले बताए । अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष अविनाश रमतेलले देश टुक्र्याउने अभिव्यक्ति दिने महतोले तत्काल राजिनामा दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस