काठमाडौं । प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको कोभिड–१८ का कारण निधन भएको छ । नेपाली कांग्रेसका योद्धा, निष्ठा र स्वाभिमानका प्रतिक चितवन निवासी श्रेष्ठको शनिवार उपचारको क्रममा राजधानीको ओम अस्पतालमा निधन भएको हो ।
उनको पार्थिक शरीरमा नेपाली कांग्रेसका युवा नेता तथा नेविसंका पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनी ८१ वर्षका थिए ।
पार्टीमा अतुलनीय योगदान पु¥याउनु भएका श्रेष्ठलाई टाढैबाट भएपनि श्रद्धाञ्जली दिन केन्द्रीय नेताहरू कोही पनि अस्पताल नपुगेको भन्दै उनका आफन्तहरू निकै दुखित भएका छन् ।
जीवित हुँदा पनि श्रेष्ठको उचित सम्मान गर्न नसकेको पार्टीले उनको निधनमा पनि चासो नदेखाउनु बिडम्बना भएको उनीहरूको गुनासो छ । श्रेष्ठको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसका युवा नेता अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ जेठ २०७८, ११ : ०८
लेखकबाट थप