माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १० : १९
माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने

काठमाडौं ।  माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो । 

शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर आन्दोलनको कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ ।


 

प्रतिक्रिया दिनुहोस