काठमाडौं । स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ । विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ति समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा ¥यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए ।
उनले भने, ‘प्रत्येक स्थानिय तहमा ¥यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुन सँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढि देखिन्छन् । उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति(¥यापिड रेन्पोन्स टीम), उहाँहरुले त्यहाँबाट रेस्पोन्स गर्नुहुन्छ ।’
प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘डेंगु लगायतका विमारहरुलाई चाहिने एन्टिजेन किट, परिक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्या नियमित काम भित्रै हुन्छ ।’
उनले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकार सँग माग गरेको खण्डमा केन्द्रमा पनि ¥यापिड रेस्पोन्स टिम बनाइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो